भारतमा लकडाउन हटाए कोरोना सक्रंमणले उग्र रुप लिने डब्ल्युएचओको चेतावनी

0
Shares

जेनेभा (एजेन्सी)  ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का एक प्रमुख विशेषज्ञले भारतमा लकडाउन हटाउनुले कोरोना भाइरस सक्रंमणमा डरलाग्दो बृद्धी हुने चेतावनी दिएका छन् । भारतमा कोरोना भाइरस महामारीलाई लिएर स्थिति अझै विस्फोटक छैन । तर देशमा मार्च देखि लागु लकडाउन हटाउने तर्फ बढ्नुले यस प्रकारको जोखिम बढेको छ ।

डब्ल्युएचओका स्वास्थ्य संकट स्थिति कार्यक्रमका कार्यकारी निर्देशक मिसेल रियानले शुक्रबार भारतमा कोरोना भाइरस संक्रमित संख्या दुई गुणा हुनलाई यो स्तरमा करिब ३ हप्ता मात्र समय लाग्ने गरेको जानकारी दिए ।

भारतको विभिन्न हिस्सामा महामारीको असर फरक फरक भएको रियानले बताए । सहर र ग्रामिण क्षेत्रको बीचमा यसमा अन्तराल छ । दक्षिण एसियामा भारत मात्र नभई घना आवादी भएका अन्य देश बंगलादेश र पाकिस्तानमा पनि महामारीको विस्फोटक रुप आएको छैन । तर यसतो हुने खतरा भने सँधै रहने उनले बताए ।

जब महामारी फैलिरहने हो र समुदायमा अड्डा जमाउने हो भने कयौं ठाउँमा देखिए जस्तै यसले कुनै पनि समय आफनो प्रकोप देखाउन सक्छ , उनले भने । भारतमा देशब्यापी लकडाउन जस्तो कदमले संक्रमण फैलिने गतिलाई कम गरेको छ तर देशमा गतिविधि शुरु भएकापछि संक्रमण बढ्ने खतरा बनेको छ ।

रियानले भने, भारतमा उठाइएको कदमले निश्ति रुपमा संक्रमण फैलिने रफ्तार कम गर्न दिशामा असर पारेको छ । अन्य ठुला देशको जस्ता भारतमा पनि गतिविधि शुरु हुने, मानिसहरुको आवागमन पुन सुरु भएपछि महामारीको प्रकोप देखिन जोखिम सँधै रहने छ ।
भारतमा ठुलो स्तरमा पलायन, शहरमा घना आवादी तथा श्रमिकहरुसँग दैनिक काममा जानु बाहेकको अन्य विकल्प नुहनु जस्ता विशिष्ट मुद्दा पन रहेको उनले बताए ।

भारतल कोविड १९ महामारीको मामिलामा इटलीलाई पछाडी पार्दै विश्वको छैठो सबैभन्दा नराम्ररी प्रभावित देश बनेकोछ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार देशमा संक्रमणको एक दिनमा सर्वाधिक संख्या आएको छ, जसमा ९ हजार ८ सय ८७ नयाँ संक्रमित पुष्टी भएका छन् भने २ सय ९४ को मृत्यु भएको छ । यो पछि भारतमा अहिले सम्म संक्रमणको कुल संख्या २ लाख ३६ हजार ६ सय ५७ पुगेको छ भने मर्नेको संख्या ६ हजार ६ सय ४३ पुगेको छ ।

डब्ल्युएचओका वैज्ञानिक सौम्या स्वामिनाथनले १ अर्ब ३० करोड आवादी भएको भारतमा दुई लाख भन्दा धेरै कोरोना भाइरस संक्रमण हुनु धेरै जस्तो देखिएपछि जनसंख्याको हिसाबले यो अत्यन्त धेरै नभएको बताए ।