पूर्व वरिष्ठ सैनिक पनि ट्रम्पको विपक्षमा

0
Shares

वासिंगटन,(एजेन्सी) ।

अमेरिकाका अर्का पुर्व वरिष्ठ सैनिक अधिकारीले हाल त्यहा जारी रहेको जन प्रदर्शन दबाउनका लागि सरकारी फोज प्रयोग गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको आलोचना गरेका छन् ।

पुर्व संयुक्त सेना प्रमुख जनरल मार्टिन डेम्पसीले ट्रम्पको भनाई निकै समस्याग्रस्त र खतरनाक रहको नेसनल पब्लिक रेडियोलाई बताएका छन् । ट्रम्पको भनाईलाई लिएर वर्तमान तथा पुर्व रक्षामन्त्रीले पनि आ–आफ्ना विचार प्रकट गरिसकेका छन् ।

सोमवार ट्रम्पले यदि राज्यहरुले हाल जर्ज फ्लोइडको हत्यालाई लिएर भइरहेको दंगा फसाद नियनत्रण गर्न असफल भएको खण्डमा तत्काल समस्या समाधानका लागि सेना तैनाथ गरिने बताएका थिए ।