आज थप २०१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २३०० पुग्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहमध्ये १७९ जना पुरुष र २२ जना महिला रहेका छन् ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ । हालसम्म कुल संक्रमितहमध्ये २१३० जना पुरुष र १७० जना महिला रहेका छन् ।

आजसम्म नेपालका ६४ वटा जिल्लाहरुमा कोरोना संक्रमण फैलिएको छ। गत २४ घण्टामा १ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको ५ ।

हालसम्म २७८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिनुभयो ।