एकैदिन थपिए २८८ जना कोरोना संक्रमित

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २७० जना पुरुष र १८ जना महिला रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिनुभयो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । जम्मा संक्रमितहरुमा १९४९ जना पुरुष रहेका छन् भने १५० रहेका छन् । कोरोना संक्रमण हालसम्म ६१ जिल्लामा फैलिई सकेको छ ।