न्युज अफ नेपाल,काठमाडौं ।
दरबार हत्याकाण्डको १९ बर्ष पुगेको छ । तत्कालीन राजा बिरेन्द्र शाहको बंश नाश हुने गरी भएको उक्त कारुणिक घटनाको रहस्य हालसम्म जनतामाझ आउन सकेको छैन ।
बिसं. २०५८ साल जेठ १९ गतेको उक्त घटनापछि देशले अनेक राजनीतिक मोडहरु पार गरिसकेको छ । तर राजा बिरेन्द्रलाई जनता हालसम्म पनि असल ब्यक्तित्व भएका राजाका रुपमा सम्झिने गरेका छन् । आज स्वर्गीय राजा बिरुन्द्रको सम्झनामा ललितपुरको जावलाखेलमा रहेको बिरेन्द्रको शालिकमा माल्यार्पण गरिएको छ ।
तस्वीर : उजोल डंगोल
प्रतिक्रिया