स्याङजामा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ पुग्यो

0
Shares

भूपराज बस्याल, स्याङ्जा ।

स्याङ्जामा फेरि २ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । भारतबाट जेठ ११ गते आएर गल्याङको मालुङ्गा स्थित क्वारेन्टीनमा बसेका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार उहाँहरु गल्याङ नगरपालिकाका २७ र ४० बर्षका पुरुष रहेकाछन् ।

दुवैजनालाई आईसोलेसनमा राखेर उपचार गर्ने तयारी भईरहेको गण्डकीे प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्माल बिज्ञप्ती निकालेर जानकारी दिनुभएको हो । गल्याङमा पुष्टी भएका दुवै जना संक्रमित भारतबाट आउनुभएको हो । बिभिन्न साधन प्रयोग गर्दै सुनौली सम्म आउनुभएका उहाँहरु सुनौलीबाट भने बसमा गल्याङसम्म आउनुभएको हो ।

जिल्लाका ८ पालिकाका ५४ जना एकैपटक एकै समुहमा स्याङजामा आएको टोली मध्येका हुन् । दुवैजना संक्रमित यसअघि उहाँहरु कै टोलीमा आएका वालिङका ३ जनामा पनि कोरोना संक्रमण पुष्टी भएको थियो । गल्याङको ८ जनाको टोली आएको मा २ जनामा कोरोना देखिएको हो ।