क्‍वारेन्टाइनमा बसेका बालकको मुत्यु

0
Shares

राम धामी,डडेल्धुरा ।

डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा बहुमुखी क्याम्पस भवनमा क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालक रहेका छन् ।

शनिबार राति १२ बजेतिर जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार आमाबाबुसँगै उनी भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै डडेल्धुरा पुगेका थिए ।

‘उहाँहरू राती आउनुभएको हो । बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।’ डीएसपी न्यौपानेले भने,‘हामीकहाँ फोन आयो । बालक गम्भीर बिरामी छ भनेर ।
यताबाट गाडी पठाएर अस्पताल पु‍¥याएका थियौं ।’ डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले बालकको अस्पताल पु‍¥याउनुभन्दा अघि नै मृत्यु भएको पुष्टि गरे । उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पु‍¥याइएको थियो ।

‘बिहान अस्पताल ल्याउनु भएको थियो । ती बालक अस्पताल पुग्नु अगाडि नै मृत्यु भइसकेको थियो । यहाँ पु‍¥याउँदासम्म सास पनि थिएन ।’ उनले भने । ती बालक मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको उनले बताए ।

यसअघि उनी मुम्बईस्थित एक अस्पतालमा उपचाररत थिए । उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । उनको आइतबार नै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने निमित्त मेसु विष्ट जानकारी दिए ।