ललितपुरमा २३ बर्षीय महिलामा कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल,ललितपुर।

शनिबार ललितपुर महानगरपालिका २७ सुनाकोठी निवासी २३ वर्षीय एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालाका अनुसार धरान घर भएकी २३ वर्षीय सुत्केरी महिलामा कोरोना पोजेटिभ देखिएको हो।

उनी केही दिनअघि मात्र ललितपुरको किष्ट अस्पतालमा सुत्केरी भएर डिस्चार्ज भएकी थिईन। गत जेठ १२ गते स्वाब संकलन गरिएको ती महिलाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा शनिबार कोरोना पोजिटिभ देखिएको हो।

कोरोना पोजिटिभ देखिएपनि ती महिलाको स्वास्थ्य अवस्था सामान्य छ र उनी सुनाकोठी मै बसिररहेका कारण उनका परिवारको यात्रा विवरण संकलन गर्ने काम भइरहेको गेलालले बताए । शनिबार नेपालमा थप १८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १४०१ पुगेको छ। जसमध्ये २१९ जना निको भएर फर्किसकेका छन्।