सिद्धहस्त जोतिष भन्छन् : कोरोना संक्रमण कार्तिकबाट अन्त्य हुन्छ

14
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

विश्वभर महामारीका रुपमा आतंक मच्चाईरहेको कोरोना भाईरस अर्थात् कोभिड १९ को संक्रमण आगामी कार्तिक महिनाबाट अन्त्य हुने सिद्धहस्त जोतिष केदार बरालले बताउनु भएको छ । हालसम्म विश्वभर ३ लाख ६७ हजार बढीको ज्यान लिईसकेको कोरोना भाइरसबाट ६० लाख ५५ हजार भन्दा बढी संक्रमित भएका छन् । संसारभरका अधिकांश देशलाई नै कोरोना महामारीले हायलकायल बनाईरहेका बेला ज्योतिष बरालले यस्तो बताउनु भएको हो ।

बिसं. २०७७ सालमा बुध राजा, चन्द्रमा मन्त्री, बृहस्पतीको श्रीमती तारालाई चन्द्रमाले बलात्कार गरेको छ ।देउताबीचको लडाईँ झगडा, श्रीमती फिर्ता गरे, गर्भ स्वीकार गरेनन्, झाडीमा लगेर फ्याँके, त्यहाँ सूर्यले हेरे । हाम्रो जोतिषी शास्त्र अनुसार ९ वटा ग्रह मध्ये ४ वटा देउता ४ वटा राक्षसका हुन्छन । बुध ग्रह यस्तो हो सूर्यले हेर्यो भने त्यो मेडिकल फिल्ड हेर्नु पर्दछ । यसपाली बुध राजा भएर आएको छ । त्यसैले संसारमा मेडिकल फिल्डलाई माथि पुर्याइदिएको छ ।

बुध ग्रह भनेको क्रुर प्रकारको हुन्छ । बाहिर बसेको हुन्छ यसले राम्रो गर्दैन । बुध राजा चन्द्रमा मन्त्री भएकाले कात्र्तिकबाट चन्द्रमाको प्रवाह गर्छ । बाबुचाही सानो छोरो ठुलो भएर बसेको छ । त्यसले काम नगरेको हो । कात्तिकबाट नेपालमा राम्रो हुन्छ । नेपालमा धेरै मान्छेको मृत्यु हुदैन कोरोनाबाट । तर यसपटक भोकमरीबाट धेरै मानिसलाई असर गर्छ ।

सरकारले यसतर्फ ध्यान दिन जरुरी छ । कोरोनाको प्रभाव संसारमा एक, दुई बर्ष नै देखिन्छ तर कात्तिकबाट चन्द्रमा माथि आउछ बुध अलि तल झर्छ । साउनपछि यसको अन्त्य हुन्छ भनेर केही जोतिषीहरुले बताइरहनु भएको छ नि  ?  भन्ने प्रश्नमा गुरु केदार बराल भन्नुहुन्छ बैशाखमा लागेको चन्द्रग्रहणबाट सुरु भएको यो महामारी असारमा लाग्ने सूर्य ग्रहण संंगै जाने भनिएको छ तर यो महामारी नियन्त्रणमा आउला तर पुरै नियन्त्रणमा आउन कार्तिकसम्म लाग्ने देखिन्छ ।