थप १८९ जनामा कोरोना संक्रमण ,नेपालमा हालसम्म संक्रमितको संख्या १४०१ पुग्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

शनिबार थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न ५३ जिल्लामा गरी १८५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले जानकारी दिए ।

यो संगै नेपालमा कोरोना संक्रमितकको संख्या १४०१ पुगेको छ । हाल संक्रमितहरुको देशभरका बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । जम्मा संक्रमितहरुमा १२ सय ८८ जना पुरुष र ११३ जना महिला रहेका छ ।