१ लाख २१ हजार आरडिटी किट चीनबाट भित्रियो

0
Shares

भगवती तिल्सिना,काठमाडौं ।

नेपाल सरकार तथा स्वास्थ्य मनत्रालयले कोरोना परिक्षणका लागि १ लाख २१ हजार आरडिटी किट शनिवार दिउसो चीनबाट काठमाडौ ल्याएको छ ।स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले त्रिभुवन विमानस्थलबाटै दिनुभएको जानकारी अनुसार भर्खरै सामान आईपुगेको छ हिजो सम्म पर्याप्त थिएन आज आएको छ । तत्काललाई यो सामानले कोरोना संक्रमण फैलिएका क्षेत्रमा परिक्षणका लागि पुग्छ । तर पुन: संक्रमित थपियो भने नयाँ सामान खरिद गर्नुपर्ने हुन्छ ।

महानिर्देशक श्रेष्ठले भर्खरै सामान आएको छ अब सबैतिर पठाउँनका लागि आफु एयरपोर्टमा रहेको जानकारी गराउनुभयो । उहाँ भन्नुहुन्छ-नेपालमा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि परिक्षण पनि बढाउँदै गएको छ ।

भारतबाट नेपालीहरु स्वदेश फर्कने क्रम बढेसँगै बढेको कोरोना संक्रमणको गतिलाई सरकारले आरडिडि परिक्षण किट नभएका कारण हिजो सम्म परिक्षण गर्नै समस्या परेको अवस्था थियो ।