भक्तपुर अस्पताल परिसरभित्र कोरोना उपचार भवन निर्माण,शीघ्र सेवा संचालन हुने

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर ।

कोभिड–१९ संक्रमितको उपचारको लागि भक्तपुर अस्पतालमा नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभाग मार्फत निर्माण भएको अस्पतालका मेडिकल सुपरिटेण्डण्ट डा.सुमित्रा गौतमले बताउनुभयो । अन्तरर्रािष्ट्रय विकास विभाग (डिएफआईडी) को सहयोगमा भक्तपुर अस्पताल परिषरमा निर्माण भएको उक्त कोभिड–१९ उपचार भवनको निर्माण सम्पन्न भएपछि स्वास्थ्य मन्त्रालय तथा भवन विभागले अस्पताललाई भवन हस्तान्तरण गरेको छ ।

भक्तपुर अस्पताल परिसरभित्र कोभिड १९ उपचार भवन निर्माण भएको छ ।उक्त भवन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत डिपार्टमेण्ट फर ईण्टरनेशनल डेभलपमेण्ट (डिएफआईडी) को सहयोगमा भवन निर्माण भएको अस्पताल व्यबस्थापन समितिका अध्यक्ष मिलन सुवालले बताउनुभयो ।

भक्तपुर अस्पतालका भवन संरचनाहरु रेक्ट्रोफिटिङ कार्य संचालन भैरहँदा एक्कासी कोभिड १९ को बिश्वब्यापी प्रकोपको आकस्मिक अबस्था उत्पन्न भएको र भक्तपुर अस्पताललाई जिल्लाको कोभिड उपचार केन्द्र घोषण गरिए लगत्तै डिक्याण्टिन भवलाई कोभिड १९ उपचार भवनका रुपमा प्रयोग गरिने निर्णय भएको उहाँले बताउनुभयो ।

सोही अनुरुप लकडाउनाक बाबजुद पनि बिशेष प्राथमिकता साथ निर्माण कार्य अघि बढाई संरचना निर्माण कार्य सम्पन्न भएको हो । (डिएफआईडी)को आर्थिक तथा प्राबिधिक सहयोगमा निर्मित भवनको लागत एक करोड उनानब्बे लाख १२ हजार तीन सय दश रहेको छ ।भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयबाट अख्तियार प्राप्त गरी शहरी भपन निर्माण बिभागबाट ािर्माणको लागि टेण्डर प्रकृया गरी ज्ञानज्योति विल्डर्स प्रा.लि.काभ्रे मार्फत निर्माण भएको हो ।

४ सय ८४ बर्ग मिटर जमिन ओगटेको यस भवनमा ६ बेडको आईसीयु ,६ बेडकै एन आईसीयु,२० वार्ड बेड,,२ आईसोलेसन बेड ,मेसिन स्टोर चन्ज रुम ,यूपिएस रुम,सुचर पोस्युजर रुम,स्टाफ रुम लगायत आवश्यक शौचाललय रहेका छन् । मेडिकल सुपरिटेण्डण्ट डा.गौतमले भन्नुभयो,‘ अब भवनका लागि आवश्यक बेड, ओछ्याउन म्याट, फर्निचर लगायतका सामाग्रीहरुको जोहो गरी विरामीका लागि आवश्यक सामान राख्दैछौ, स्वास्थ्य मन्त्रालयले चिकित्सिकको टोली पठाउने भएको छ, अब तत्काल यहीबाट कोभिडको उपचार सुरु गर्छौ ।’

लकडाउन लम्बिएपछि ठेकेदारले रोकेको उक्त भवन निर्माण सम्पन्न गर्न नेपाली सेना बीरदल गण सूर्र्यिवनायकका गणपती एवं कर्णेल शिव पौडेलले निकै सहयोग गरेको मेसु डा. गौतमले बताउनुभयो ।भवन बाट स्वास्थ्य सेवा संचाल गर्न फर्निचर तथा मेडिकल उपकरणहरुको ब्यबस्था गरी शीघ्र कोभिड उपचार केन्द्रको सेवा संचालन गरिने अस्पतालले जनाएको छ ।

भवन स्वास्थ्य मन्त्रालयका शहरी भवन बिभाग,तथा डिएफआईडी का पदाधिकारी,को प्रत्यक्ष तथा अनलाईन उपस्थितिमा भक्तपुर अस्पताललाई शुक्रबार हस्तान्तरण गरिएको छ ।अस्पताल भवनको रेक्ट्रोफिटिङ्ग योजनको पनि टेण्डर आब्हान भैसकेको र केही दिनमै उक्त कार्य पनि संचालन हुने जनाईएको छ ।
यसका साथै अस्पतालको प्रसुती सेवा,शल्यकृया,सघन उपचार ईकाईको सेवाको लागि पर्याप्त एक छु्ट्टै भवन निर्माण गर्ने योजना समेत अस्पतालको रहेको छ ।

अस्पतालको आयोजना सम्पन्न भएपछि अस्पताल भुकम्प प्रतिरोधी हुने र स्तरोन्नती समेत हुने हुँदा अस्पतालले स्वास्थ्य सेवा प्रवाहमा अझ बढी प्रभावकारिता आउने अस्पतालले अपेक्षा लिएको छ । मेसु डा. गौतमका अनुसार रेक्टोफिटिङ्गको लागि टेण्डर भइसकेको छ, भवनलाई भूकम्पीय प्रवलीकरण गर्दै स्वास्थ्य उपचारको लागि उपयोगी हुनेगरी स्तरोन्नतीसंगै खानेपानी, ढल, फोहोर, भित्री हावाको गुणस्तर व्यबस्थापन लागयतको कार्य हुनेछ । कूल रु. १३ करोड ७१ लाख ५८ हजारको लागतमा अस्पतालको पुरोना भवनलाई रेक्टोफिटिङ्ग गरी भूकम्प प्रतिरोधी बनाइने छ ।

रेक्टोफिटिङ्ग सकिएपछि अस्पालको सेवा सहज र प्रभावकारी रुपमा संचालन गर्न सकिने छ । त्यसपछि प्रसुती सेवा, शल्यक्रिया, सघन उपचार सेवाको लागि उपयुक्त र पर्याप्त भवन अझै अभाव हुने भएकाले ती सहित अन्य सेवाका लाथि थप अर्को नयाँ भवन निर्माण गर्ने प्रक्रियासमेत सुरु भएको छ ।

अस्पतालको लागि अत्यावश्यक मानिने शव परीक्षण घर, सार्वजनिक शौचालय, भान्छा घर लगायतका संरचना रहने गरी नयाँ भवन निर्माण गर्ने योजना अस्पतालले अगाडि बढाएको छ । स्वास्थ्य मन्त्रालयले नेतृत्वमा थप रु. १६ करोड ९४ लाख ३८ हजार रुपैयाको लागतमा नयाँ भवन निर्माण सुरु हुने मेसु डा. गौतमले जानकारी दिनुभयो । नयाँ भवनमा लिफ्ट जडान गरी रेक्ट्रोफिटिङ्ग गरिएको भवनमासमेत जान मिल्ने गरी जडान गरिनेछ भने पुराना शौचालय भत्काएर अपाङ्गमैत्री शौचालय बनाइने भएको छ ।