प्रहरी प्रभाग लुभूका इन्चार्ज टेकबहादुर माझीको मृत्यु

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरीय प्रहरी प्रभाग लुभूका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) टेकबहादुर माझीको मृत्यु भएको छ ।

अल्का अस्पतालमा उपचाररत उनको शनिबार बिहान मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार साँझ अस्पताल भर्ना गरिएको थियो ।

अस्पताल पुर्‍याइएका उनको टाउकोमा रगत जमेका कारण अपरेसन गरिएको थियो । अपरेसन सफल भएका माझीको आज बिहान मृत्यु भएको हो ।