कोरोनालाई जिते जनकपुरका पत्रकारले

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

जनकपुरका पत्रकार विरेन्द्र रामनले कोरोनालाई जितेर घर फर्किएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि उपचाररत रामनको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज डिस्चार्ज गरिएको हो । १६ दिनको अस्पताल बसाइपछि घर फर्किएका रामनले खुशी व्यक्त गर्दै आफूले मृत्युलाई जितेर आएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्- , ‘जिवनमा मैले मृत्युलाई अनेकौ पटक नजिकबाट देखे उसको र मेरो धेरै पटक युद्ध भयो ,र हरेक पटक मैले मृत्युलाई परास्त गरे । यस पटक पनि जब कोरोना संक्रमित भए जिवनसंग निरास भएका थिए । तर मेरो साथी ईष्ट मित्र शुभेच्छुकहरुको आर्शिवादले आज फेरि १६ दिनको अस्पताल बसाईबाट घर फर्के ।’

यस्तै, आफूलाई फोन तथा सन्देश पठाएर भरोसा दिने सबैलाई आभार प्रकट गर्दै उनले भनेका छन् -, ‘आदरणीय संचारकर्मी साथीहरु ,संघीय संसदका सदस्यहरु,प्रदेश सभाको सदस्यहरु मन्त्रीहरु तथा पुर्व सांसदहरु तथा मेरो स्वास्थ्यको विषयमा पटक पटक जिज्ञासा राख्नु हुने चिकित्सक नर्सहरु सबै प्रति मेरो आभार ।उहाहरुको रहेक पटकको फोनले अस्पतालको त्यो बन्द कोठा भित्र बाहिरको उज्यालो हेर्न उर्जा थप्ने गरेको थियो । तपाईहरुको शुभेच्छा र आर्शिवादले आज सकुशल छु ,केही दिनमा पुर्वत आफनो पेसामा फेरि फर्किने छु ।’