एटिएम फुटाउँदै गरेको अवस्थामा एक पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

भक्तपुरमा एटिएम मेसिन फुटाएर पैसा चोरी गर्दै गरेको एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपालचोक कदम्बास घर भइ हाल सोही वडाको नगदेश भन्ने ठाँउमा बस्दै आएका २१ वर्षीय सचिन तामाङ रहेको प्रहरीले जनाएको छ । ठिमी नगरपालिका ६ बाहखा बजारस्थित संजिब चित्रकारको घरमा रहेको एनआईसी एसियाको एटिएम फुटाउँदै गरेको अवस्थामा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङको साथबाट एक थान ह्याम्बर, एक थान स्क्रु ड्राइभर, एटीएम मेसिनको बाहिरी कभर र रोलर बरामद भएको छ ।

तामाङमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।