दाङमा थप पाँच जना कोरोना संक्रमित भेटिए

0
Shares

न्युज अफ नेपाल, दाङ ।

दाङमा थप पाँच जना कोरोना संक्रमित भेटिएका छन् ।

दाङको बंगलाचुली गाउँपालिकामा चार र बबई गाउँपालिकामा एक जना गरी ५ जनामा कोरोना संक्रमण देखिएको हो । बंगलाचुली गाउँपालिका ४ का ३८ वर्षीय एक पुरुष , वडा १ का २७, २८ र ३३ वर्षका तीन पुरुष र बबई गाउँपालिका ६ हापुरेका ३० वर्षीय एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार भेटिएका कोरोना संक्रमित सबै केही दिन पहिले भारतबाट आएको खुलेको छ ।