कोरोनाले लक्ष्य अनुसार प्रदेशको बजेट खर्च गर्न सकिएन : मुख्यमन्त्री पोखरेल

0
Shares

यमलाल भुसाल, बुटवल ।

मुख्य मन्त्री शंकर पोखरेलले चालु आवमा कुल वजेटको ९० प्रतिशत वजेट खर्च गर्ने योजना रहेकोमा तेस्रो चौमासिकमा आउदाँ कोरोनाले समस्या पारेको बताउनु भयो ।

काम गर्ने समयमा कोरोना आएकाले वजेट खर्च गर्न नसकेको उहाँले बताउनु भयो ।

तेस्रो चौमासिक काम गर्ने मौसम र अवधी हो त्यही समयमा कोरोना महामारी आयो उहाँले प्रदेश सरकारका कारण समस्या आएको भन्दा पनि विश्वमा आएको कोरोना महामारीेले खर्च गर्न नसकिएको स्पष्ट पार्नु भयो ।

नीति तथा कार्यक्रम माथी प्रदेश सदस्यहरुले उठाउनु भएको जिज्ञासामा मुख्य मन्त्री पोखरेलले भारतवाट पछिल्लो समयमा आएका नेपालीले गर्दा समस्या बढेको खुलासा गर्नु भयो ।

सीमामा आएका नेपाली नागरिलाई समयमै व्यवस्था गर्न नसक्दा प्रदेशमा कोरोना फैलिएको हो । महामारी हुनवाट रोक्न प्रदेश सरकार सफल भएको दावि पनि उहाँले गर्नु भयो । नरेनापुरमा कमजोरी भएको स्किारगदै मुख्यमन्त्री पोखरेलले भारतिय सुरक्षा कर्मीले नेपालको कमजोर वाटो प्रयोग गरि नेपालीलाई नेपाल पठाएकाले संक्रमण बढेको समेत बताउनु भयो । पहिलो पटक नरेनापुरमा सेना प्रयोग गर्नु परेको परिस्थिती जन्य अवस्था हो भन्ने बुझन जरुरी रहको बताउनु भयो ।

कोभिडले प्रदेश सरकारको भुमिका स्थापित गरेको उहाँका कथन रहेको छ । मुख्य मन्त्री पोखरेलले ७६ प्रतिशत संकमित कपिलवस्तु र वाँकेमा रहेको बताउदै कठिन अवस्थावाट नेपाल आउदाँ त्यस्तो भएको बताउनु भयो । उहाँले तराईकका जिल्लामा क्वारेन्टाई भरिएकाले पहाडका जिल्लामा पनि संक्रमणको दर बढने बताउनु भयो ।

आउदो साउनसम्ममा कोरोना बढनेक्रम रोकिने पनि उहाँले बताउनु भयो यो अनुमान हो । आईसोलशन सेन्टर र कोरोना विशेष अस्पताल तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० शैया अस्पताल बनाउने काम शुरु गरिएको बताउनु भयो । लक्षण देखिएका विरामी प्रदेशमा १ जनामा मात्र देखिएको छ ।कोरोना पोजिटिभ देखिए पनि विरामीको अवस्था हेदाँ लक्षण नदेखिदाँ समस्या भोग्नु परेका बताउनु भयोे । प्रदेशमा हरेक दिन ३ सय जनाको स्वाब परिक्षण गर्ने प्रयोग शाला रहेको छ । उहाँले मुलुक भरी १ लाख १७ हजार ४४ जना अटाउने क्षमताो वारेन्टाईन रहेकोमा प्रदेश ५ मा मात्र ४० हजार ५ सय ८३ जना राख्न मिल्ने क्षमताको क्वारेन्टाई रहेको उहाँले खुलासा गर्नु भयो ।
प्रदेशको विकासको वजेट रोेकेर भएपनि कोरोना नियन्त्रणमा लगाईने उहाँले बताउनु भयो ।

मु्ख्य मन्त्री पोखरेलले केन्द्रीय सरकारले ल्याएको वजेट र प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा मेल खाएको बताउदै उहाँले मुलुकको समस्या प्रदेशले पहिचान गरेको दावि गर्नु भयो ।

प्रदेश सरकारद्धारा प्रस्तुत २०७७ । ८८ को नीति तथा कार्यक्रम प्रदेश सभावाट शुक्रवार नै बहुमतले पारीत भएको सभामुख पुर्ण बहादुर घर्तीले बताउनु भयो ।