नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३० वर्षीय पुरुषको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि गरेका छन् ।

उनको जेठ १० गते भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो । यसअघि गुल्मी, बाँके, सिन्धुपाल्चोक, ललितपुर र बाराका १–१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।