नेपालमा कोरोना संक्रमितको संख्या १२ सय १२ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए । बिहीबारसम्म १०४२ जनामा कोरोना पुष्टि भएको थियो ।

यस्तै १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ । कोरोनाबाट नेपालमा पाँच जनाको मृत्यु भएको छ ।