रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, रौतहट ।

रौतहटमा एकैदिन थप ५६ जना कोरोना संक्रमित भेटिएका छन् ।

राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जना गरी ५६ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ । संक्रमण पुष्टि भएका उनीहरुलाई गरुडास्थित प्रहरी विद्यालयको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।