सरकारी र संगठित क्षेत्रका कर्मचारीलाई देश दर्शनमा पठाइने

0
Shares

न्युज अफ नेपाल,काठमाडौं।

सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन तथा पर्यटन उद्योगको रक्षा गर्न देश दर्शन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । निजामती कर्मचारी, संगठित संस्थाका कर्मचारीलाई देश दर्शनका लागि पठाइने अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार कोरोना जोखिम सकिएलगत्तै देशदर्शन कार्यक्रम सञ्चालन गरिने भएको हो। हवाई सेवा, होटेल, ट्रेकिङ, ट्राभललगायत कम्पनीलाई विविध शुल्क र ब्याजमा अनुदान दिने घोषणासमेत अर्थमन्त्रीले गरेका छन् ।