थप १५६ जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या १ हजार ४२ पुग्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

बिहीबार थप १५६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।जसमध्ये ९४० जना पुरुष रहेका छन् भने १०२ जना महिलाहरु रहेका छन् ।

देशभरका बिभिन्न जिल्लाहरुमा कोरोना संक्रमण फैलिने क्रम जारी छ । बिशेषगरी तराईका जिल्लाहरु र सुदूरपश्चिममा कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भईरहेको छ ।

हालसम्म १ लाख २ हजार ३४ जनाको आरडिटी बिधिमार्फत् कोरोना परीक्षण भएको छन् । यस्तै कोरोना संक्रमणमुक्त भई घर फर्केकाहरुको संख्या १८७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिए ।

दैनिक हजारौँको संख्यामा भारतमा रहेका नेपाली फर्किने क्रम बढेसंगै कोरोना फैलिरहेका आँकलन गरिएको छ । नेपालमा हालसम्म पाँच जना कोरोना संक्रमितको ज्यान गईसकेको छ । बुधबार रातीमात्रै ललितपुरस्थित किष्ट हस्पिटलमा उपचाररत कोरोना संक्रमितको ज्यान  गएको प्रवक्ता देवकोटाले पुष्टि गरे ।