अर्घाखाँचीमा पनि देखियो कोरोना संक्रमण

0
Shares

रविन घिमिरे,अर्घाखाँची ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ८ पालीको कमला मावि क्वारेन्टाइनमा रहेका २ जनामा कोराना पोजिटिभ देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परिक्षणमा दुई जनामा कोरोना देखिएको हो ।

पालीको कमला मावि क्वारेन्टाइनमा रहेकाहरुको नमूना स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएकोमा २ जनामा कोराना पोजिटिभ आएको हो ।

पोजिटिभ देखिएका दुवै भारतबाट आएका थिए । उनिहरुको १४ दिन पुरा भएपछि पीसीआर परीक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको थियो । दुबैजनाको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।