कोरोना जितेर एकैदिन १८ जना घर फर्किए

0
Shares

न्युज अफ नेपाल, वीरगन्ज ।

वीरगन्जको नारायणी अस्पतालबाट कोरोना जितेर १८ जना डिस्चार्ज भएका छन्। वीरगन्जको नारायणी र गण्डक अस्पतालमा उपचारार्थ ८७ जना संक्रमित मध्ये गएराति १८ जना संक्रमित कोरोना जितेर घर फर्किएका हुन्।

सबै एकाघरका डिस्चार्ज हुनेहरु सबै पर्साको वीरगन्ज ३ छपकैयाका एकै परिवारका सदस्य हुन् । उनीहरुमा परिवारका एक सदस्यलाई गएको बैशाख २१ गते संक्रमण पुष्टि भएको थियो। उनको कन्ट्याक ट्रेसिङ्ग गर्ने क्रममा बैशाख २४ गते सबै परिवारका सदस्य नै संक्रमित पुष्टि भएको थियो। दुई महिनाकी शिशुसहित एकै परिवारका उनीहरुको लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि गएराति डिष्चार्ज गरिएको नारायणी अस्पतालले जनाएको छ। डिस्चार्ज हुने १८ जनामा २ महिनाकी शिशु देखि ६६ वर्षका पुरुष सम्मका छन्। नारायणी र गण्डक अस्पतालमा गरी कुल ९६ जना संक्रमित उपचार गराइरहका मध्ये शनिबार मध्यान्ह नारायाणी अस्पतालबाट ९ जना कोरोना जितेर डिस्चार्ज भएका थिए।

आइतबार अबेर १८ जनाको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि ईदको पर्वका समयमा उनीहरुलाई घरमा नै जान पाउने गरी राति नै डिष्चार्ज गरिएको नारायणी अस्पतालले जनाएको छ। डिष्चार्ज हुने सबै मुस्लिम समुदायका एकाघरका हुन्। नारायणी अस्पतालमा कुल ७१ जना उपचार गराइरहेका मध्ये शनिबार ९ जना डिस्चार्ज भएका थिए। जसमा २ जना गएको बैशाख १४ गते पनि निको भई डिष्चार्ज भएका परेका छन्। उनीहरुमा शारिरिक समस्या भई पुनः बैशाख २१ गते अस्पताल भर्ना गरिएको थिया । पुनः भर्ना भएका मध्ये रौतहट इशनाथ नगरपालिकाका १९ बर्षीय युवक र एक भारतीय जमाती थिए।