८० बोतल लागूऔषधसहित एक पक्राउ

0
Shares

सुभेन्द्र दास, लहान ।

कोरोना भाईरसको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला सिरहाको सिरहा नगरपालिका वडा नम्बर-१७ स्थित लचका बाट सशस्त्र प्रहरीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ।

साझमा आएको हावाहुरीको मैका छोपी खेत हुँदै भारतीय बजार जयनगर हुँदै माडर आउदै गरेको अबस्थामा सशस्त्र प्रहरी बलले सिरहा नगरपालिका- १७ बस्ने बिजयालाल पासवानको साथबाट डाइलेक्स डि.सी – ८० बोतल र गुटखा ४३ हजार ५ सय बराबरको सहित प्रहरीले पक्राउ गरेको सशस्त्र प्रहरी बल ७ नम्बर गण सिरहाका प्रमुख एसपी प्रबिन कंडेलले जानकारी दिए ।

पक्राउ परेको युवालाई आबश्यक कर्वाहीको लागि सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई जिम्मालगाइको एसपी कंडेलले जानकारी दिनु भयो ।