एयर इण्डियाले सघायो नेपालीलाई

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

इण्डोनेसियामा असजिलो अवस्थामा रहेका चार नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको अनुरोध र भारतीय राजदूतावासको सिफारिसमा इण्डियन एयरलाइन्सले नयाँदिल्ली ल्याइदिएको छ ।

यसरी मानवीय सहायता पाउनेहरुमा एक विरामी र उनको परिवारका अन्य दुई सदस्य छन् भने अर्की एक छात्रा पनि छिन् ।

नेपाली अर्जुनप्रसा दतिमिल्सिना विरामीभई बोनम्यारो प्रत्यारोपणको अवस्थामा पुगेका र तत्काल उपचारका लागि नयाँदिल्ली लानुपर्ने भएकाले इण्डियन एयरलाइन्सले सघाएको हो ।

विरामी, उनका भाइ विश्व तिमिल्सिना जो बोनम्यारो दिने व्यक्ति हुन् र बाबु मुक्ति प्रसाद तिमिल्सिनाजो हेरचाह गर्ने व्यक्तिका रुपमा छन्, लाई उडान एआई १०३९ ले नयाँदिल्ली ल्याएको हो । विरामीलाई बीएलके अस्पताल, दिल्लीमा उपचारका लागि भर्ना गरिने छ । अस्पतालमै उनीहरु क्यारेनटाइनमा रहनेछन् ।

उनीहरु तीनै जनासँग स्थानीय अस्पतालले कोरोना भाइरस नेगेटिभको प्रमाणपत्र पनि छ।

सोही उडानबाट चितवन घर भएकी सेविका ढकाल, जो हरियाणा महाऋषि मार्कण्डेयकी बीबीएकी छात्रा जोएक्सचेञ्ज प्रोग्राममा इण्डोनेसिया पढ्न पुगेकी थिइन्, लेपनि नयाँदिल्ली उत्रिने अवसर पाएकी छन् ।