उच्च मनोबलका साथ कार्य गर्न महानिरीक्षक खनालको निर्देशन

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले देश र जनताको सुरक्षाको लागि उच्च मनोबलका साथ खटिन निर्देशन दिनुभएको छ । हालै सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतहरुलाई दज्र्यानी चिन्ह लगाई दिएपछि मातहत अधिकृतहरुलाई उहाँले सो निर्देशन दिनुभएको हो ।

नेतृत्व तहले राष्ट्र, जनता र संगठनको हितमा कार्य गरेको भन्दै उहाँले आफूले के पाएँ होइन मैले राष्ट्र र संगठनका लागि के गरेँ भनेर सोच्नुपर्ने बताउनुभयो । सामूहिक भावनाले कार्य गर्न मातहतलाई निर्देशन दिँदै महानिरीक्षक खनालले आपूmलाई समय सापेक्ष परिवर्तन र परिमार्जन गर्दै मूलुक र जनताको हितमा हरसमय कार्य गर्न समेत निर्देशन दिनुभयो ।

राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्ने कार्यमा कमाण्डरहरु थप जिम्मेवार हुनुपर्ने बताउँदै उहाँले पद र जिम्मेवारीले मानिसमा परिवर्तन ल्याउने र सो परिवर्तनले समग्र मूलुक र जनतालाई फाइदा पुग्ने बताउनुभयो ।

राष्ट्र, राष्ट्रियता र जनता भन्दा ठूलो कोही नभएको उल्लेख गर्नुहुँदै उहाँले प्रत्येक राष्ट्रसेवक कर्मचारीहरु ईमान्दार र कर्तव्यनिष्ठ भई देश र आम नागरिकको सेवा, सुरक्षा सहयोग तथा उद्धारमा अविचलित भई अहोरात्र खटिन समेत निर्देशन दिनुभएको छ ।

सो अवसरमा उहाँले नेपाल सरकारबाट प्राप्त निर्देशन अनुसार २ सय २१ वटा बोर्डर आउट पोष्ट १ बर्षभित्र स्थापना गर्ने लक्ष्य अनुरुप हालसम्म १ सय २४ ठाउँमा स्थापना भईसकेको र यस वीचमा उत्तरतर्फ २ वटा बोर्डर आउट पोष्ट स्थापना गर्न सफल भएको जानकारी समेत दिनुभयो ।