नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक

0
Shares

परिवर्तन देवकोटा, काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको वेवसाइट ह्याक भएको छ । भारतीय ह्याकर समूहले डाटा ह्याक गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले न्युज अफ नेपाललाई जानकारी गराउनुभयो ।

‘घोष्ट०५७–५पि३सी७०६’ नामक ह्याकरले प्राधिकरणको साईट ह्याक गरेक पुष्टि भएको उहाँले जानकारी दिनुभयो । ह्याकरले वेबसाइटमा भारतीय झण्डा तथा अन्य हिन्दी लेखसमेत छाडेको पाइएको प्रवक्ता क्षेत्रीको भनाइ छ ।

ह्याकरले ‘हामी शान्त छौ त्यसको मतलब केही गर्न सक्दैनौ भन्ने होइन’ भन्ने सन्देश छोडेको भेटिएको छ । ह्याकरले ट्विटरमार्फत् ह्याक गरेको सूचना पोष्ट गरेको ४५ मिनेटभित्रै साइट ह्याकर पहुँच बाहिर आइसकेको थियो ।

नेपाल समाचारपत्रस“ग कुरा गर्दै प्राधिकरणका प्रवक्ता क्षेत्रीले भन्नुभयो–‘ह्याकरले हाम्रो वेबसाइट ह्याक गरेको हो । प्राप्त सन्देश तथा भारतीय झण्डासमेत राखिएकाले भारतीय ह्याकरले नै ह्याक गरेको भन्ने आंकलन गरिएको छ ।’

उहा“ले वेबसाइट ह्याक भएपनि डाटाहरू सुरक्षित रहेको स्पष्ट पार्नुभयो । ‘हाम्रो ब्याकअप छ, जसका कारण ह्याकरले हाम्रो डाटामा क्षति गराउन पाएको छैन,’ उहाँले भन्नुभयो–े‘हाम्रा अइटी समूह अहिले वेबसाइट मर्मतको क्रममा रहेका छन्, केही समयमै हामी वेबसाइट पुरानै अवस्थामा पुर्‍याउ्ँछौं ।’वेबसाइट केही समयमै पुरानै अवस्थामा फर्काइने भन्दै उहाँले अहिले पनि प्राविधिक टिम काम गरिरहेको जानकारी दिनुभयो ।