सांसदको प्रतीकचिह्न नेपालको नक्शानुसार परिमार्जन गरिने

0
Shares

काठमाडौँ ।

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सङ्घीय संसद्को प्रतीकचिह्न ९लोगो० र प्रतिनिधिसभाका सदस्यले प्रयोग गर्दैै आउनुुभएको प्रतीकचिह्नलाई नेपालको वास्तविक सीमानुरुपको नक्सानुुसार परिमार्जन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकको निर्णयअनुसार राष्ट्रमा राखिएको प्रतीक (लोगो) र सांसदले लगाउँदै आउनुुभएको प्रतीक परिमार्जन हुनेछ । बैठकले सो निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अघि बढाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएको छ ।