अलपत्र नेपालीलाई तत्काल स्वदेश ल्याउन सरकारलाई समितिको निर्देशन

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिले विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपालमा ल्याएर उचित व्यवस्थापन गर्न निर्देशन दिएको छ । समितिकी सभापति दिलकुमारी रावल ‘पार्वती’को सभापतित्वमा बसेको बैठकले सो निर्देशन दिएको हो ।

१०९ मुलुकमा ३४ लाख ५९ हजार ३ सय ७३ नेपाली रहेका प्रारम्भिक तथ्याङकका आधारमा काम भइरहेको परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले जानकारी दिनुभयो । उहाँले यो तथ्याङक केही घटबढ हुनसक्ने बताउनुभयो ।

विदेशमा रहेका नेपालीहरुको सन्दर्भमा तत्काल आवश्यकता र समस्या पहिचान गरी प्राथमिकताको आधारमा स्वदेश ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । उहाँले पहिलो चरणमा २४ देखि २५ हजार नेपालीलाई ल्याइने जानकारी दिनुभयो ।

राष्ट्रिय सरोकार समितिले ६४ औं बैठक सम्पन्न गरिसकेको छ । विभिन्न सरोकारका विषय उठाउँदै कार्यान्वयन गर्न सरकारलाई समितिले निर्देशन दिने गरेको छ ।