नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ६०३ जना पुगेको छ ।संक्रमितहरुमध्ये ५२४ जना पुरुष र ७९ जना महिला रहेका छन् । आईतबार १९ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले बताएका छन् ।

मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । आज मोरङ १ वर्ष ४५, बारा १ वर्ष ३२, पर्सा ३ वर्ष २५,३४,६०, रौतहट १ वर्ष ३२, सर्लाही १ वर्ष ४७, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्।

नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो। अब ४२ जिल्लामा कोरोना संक्रमण छ।यस्तै हालसम्म ८७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।