मनिषा भारत बसेरै नेपालको पक्षमा, वर्षा नेपालमा चम्केर भारतीय साथीको चिन्तामा !

0
Shares

न्युज अफ नेपाल, काठमाडौं।

आफ्नो देशको सीमाभन्दा भारतीय साथीहरुको चिन्ता देखाएपछि नायिका वर्षा राउतमाथि आलोचनाको वर्षा भएको छ।करिब तीन दशकसम्म भारतको मुम्बईमा बसी नायिकका रुपमा स्थापित नेपाली चेलीले त्यहीँ बसेर नेपालको पक्षमा आवाज बुलन्द गरेर वाहवाही पाईरहेको समयमा वर्षाले एक अन्तर्वार्ता ‘दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन्’ भन्दै विवादास्पाद अभिव्यक्तिका साथ भारतीय साथीहरुलाई अब के भन्ने-भन्ने भइरहेको बताएपछि उनीमाथि आलोचनाको वर्षा भईरहेको छ।

‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने अनि इन्डियन साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेको छ’ मनिषाले भारतमा स्थापित भएपनि आप्mनो देशको पक्षमा आवाज उठाएको समयमा वर्षाले भारतिय साथीहरुलाई देखाएर चिन्ता व्यक्त गरेपछि उनको आलोचना मात्र भएको छैन, उनको बौद्धिकतामाथि नै ठुलो प्रश्न उठेको छ।

‘जसले जति जान्या छ, त्यती बोल्ने हो। राष्ट्र दुखिरहेको बेलामा राष्ट्रको पक्षमा बोल्नुपथ्र्यो। भारत र नेपालको पत्रकारले झडप पारिरहेको भन्न मिल्दैन। नेपालको पत्रकारले त झन् नेपालको पक्षमा आवाज उठाएको छ। वर्षा छोरीले सच्च्निुपर्छ’ आप्mना पछिल्ला फिल्ममा उच्च प्राथमिकताका

साथ वर्षालाई नायिकाका रुपमा लिँदै आएका अभिनेता तथा निर्माता किरण केसीले एक अन्र्तवार्तामा भनेका छन्।
व्यग्य कलाकार मनोज गजुरेलले ज्ञान नभएको विषयमा नबोल्न भनेका छन्। ‘हामी जोकोही पनि संवेदनशिल सबै बिषयमा सधैं बोल्नै पर्छ भन्ने छैन। जुन बिषयमा छिपछिपे मात्र जानकारी छ, त्यसको बारेमा स्टयाटस लेखिहाल्ने वा मत जाहेर गरिहाल्ने बानी घातक हो।

अल्पज्ञानले आफैंलाई अप्ठेरो पार्छ, अरुलाई पनि अन्योल बनाउँछ। बरु यस्तो बिषयमा बिषयविज्ञहरुका बिचार सुन्ने र जानकारहरुका लेखाई पढ्ने गर्नुपर्दछ, अनिमात्र बोल्नुको अर्थ लाग्छ’ उनले फेसबुकमा लेखेका छन् ‘कहिलेकाहीँं गलत नियत नहुँदा नहुँदै पनि अल्पज्ञानले अज्ञानको हदमा पुर्‍याई दिनसक्छ।

धेरै बोलेरमात्र प्रभावकारी हुन्न, थोरै तर तर्कपूर्ण र तथ्यपूर्ण बोल्नुपर्छ। अझ राष्ट्रियता, स्वाधिनता र सार्वभौमिकताको सवालमा त झनै सचेत हुनुपर्छ। यो कुरा सबैलाई लागु हुन्छ। अझ हामी कलाकारहरुमा झन् बढि लागू हुनुपर्छ। सोच्दा, बोल्दा र प्रस्तुत हुँदा, ब्यबहार गर्दा गंभीर बनौँ।’

वर्षाको यो अराष्ट्रिय अभिव्यक्तिपछि उनका फ्यानहरु त उनीबिरुद्ध खनिएकै छन्, उनकै क्षेत्रका कलाकारहरुले समेत उनको कडा आलोचना गरेका छन्। ‘कलाकार भनेको राष्टको गहना हुन्, जब देशको कुरा आउँछ उनिहरुमाझ झन चुनौती थपिन्छ। जुन चुनौतीको सामना मनिषा कोईराला दिदीले सहजै गर्नुभयो।

मनिषा दिदी देशको बिषयमा बोल्नु पर्दा पुरै २५ बर्ष नाम दाम कमाएको बलिउडका सबै हस्तिहरु सुपरस्टार साथीसँग कसरी बोल्ने भन्ने पिर परेन, तर यता हाम्रो अहिलेको व्यस्त नायिका बर्षा राउतजीलाई आफ्नो देशभन्दा पनि ईन्डियन साथीसँग कसरी बोल्ने भन्ने कुराको पिर छ ?’ अभिनेता प्रज्वल गिरीको प्रश्न छ।

‘यस्ता छोरीचाहिँ बरु हाम्रो देशमा नजन्मिउन्’ विदेशबाट नेपाली चेली प्रकृति खरेलले फेसबुकमा लेखेकी छिन्। ‘बाहिर घाम छ। फेसबुक भरी बर्षा छ। पहिला लुगाफाटो लाउन सिकौ। फ्यान कहाँ कति छ, दूधको दूध पानीको पानी हुन्छ’ उत्तेजक पहिरनका कारणसमेत बेला बखत विवादमा पर्ने वर्षालाई सजोग कुंवर राणाले फेसबुकमा भनेका छन्।