स्वास्थ्य मन्त्री ढकालको कोरोना परीक्षण ?

0
Shares

न्यूज अफ नेपाल, काठमाडौँ ।

यतिबेला स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल देखि राज्य मन्त्री नवराज राउन, सचिव यादव कोईराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठ लगायत मन्त्रालयका उच्च पदस्त व्यक्तिहरुको मन्त्रालय भित्रै कोराना परिक्षणका लागि स्वाब संकलन भैरहेको छ ।

आम नागरिकलाई भने विश्व स्वास्थ्य संगठन, स्वास्थ्य अनुसन्धान परिषद् लगायतले अयोग्य भनी प्रयोग नगर्न सुझाव समेत दिएको र्यापिड टेष्ट किट प्रयोग गरिदै आएको छ । यो परिक्षण भरपर्दो नभएको र जनमानसमा भ्रम पैदा गरिरहेको अवस्थामा यही टोलीले जसरी पनि र्यापिट परिक्षण नै गर्ने अडान लिएर ठेकेदारलाई खुशी बनाउँदै छ । यीनै नेतृत्वको कोरोना परिक्षण भने पिसिआर विधिबाट गर्नुपर्ने भएको छ रु उहाँहरुको चै किन र्यापिड परिक्षण गर्नुभएन भन्ने आम जनतामा जिज्ञासा बढेकोछ ।

यतिबेला जेठ ५ गते मन्त्रालयकै हेल्थ इमरजेन्सी अपरेसन सेन्टरमा आयोजित बैठकमा सहभागी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सकलाई जेठ ६ गते कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयका उच्च पदस्त व्यक्तित्वहरु अतालिएका छन् । त्यसैले मन्त्रालयका मन्त्री सहित उच्च पदस्त व्यक्तिहरु यतिबेला उहाँसँगै बसी बैठक बसेका कारण पिसिआर परिक्षणमा उत्रेका हुन् ।

संक्रमित चिकित्सक फ्रन्ट लाईनमा बसेर कोरोनाको शुरुवाती दिन देखि काम गरेका व्यक्ति हुन् । उहाँसँगै बैठकमा बस्नेहरुको कन्ट्रयाक ट्रेसिङकै क्रममा स्वास्थ्य मन्त्री ढकालका साथमा सय भन्दा बढीकोे टोली आईतबार स्वास्थ्य मन्त्रालयमा पिसिआर विधिबाट कोरोना परिक्षणका लागि स्वाब दिदैछन् ।

स्वास्थ्य मन्त्रालयमा ५ जेठमा बसेको बैठकमा पक्कै पनि सामाजिक दुरी कायम गरिएकै थियो होला र बैठकमा २० जना सहभागी भएपनि सेकेन्डरी कन्ट्याक्टमा रहेकाहरुले पनि परीक्षण गर्न माग गरेपछि संख्या बढेको कारण यति संख्या पुगेको मन्त्रालय स्रोतले जनाएको छ । स्वास्थ्य मन्त्री, कर्मचारी नै संक्रमित भएभने कोरोना संक्रमितको उपचार कस्ले गर्ने ?

सुदुर पश्चिम लगायतका जिल्लामा धमाधम दिनमा २ हजार भन्दा बढी नेपाली भारतबाट आईरहेका छन् । उनीहरुको भने न स्वास्थ्य परिक्षण नत, खाने बस्ने नै टुंगो छ । के ती नागरिकको पनि मन्त्री, सचिव, महानिर्देशकको जस्तै कोरोना परिक्षण पिसिआर विधिबाटै गर्नुपर्ने हैन र रु जो रेडजोनमा परेका छन् र महिनौ देखि पिडा भोगेर नेपाल भित्रिएका छन् । उनीहरु संक्रमित भए भने गाउ, बस्ती, जिल्ला मात्र नभै देशलाई पुरै संक्रमित बनाउने सम्भावनाछ । यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालयका उच्च पदस्तको स्वास्थ्य अवस्था मात्र तन्दुरुस्त राख्ने नभै ती नागरिको स्वास्थ्य अवस्थाको बारेमा पनि ध्यान दिनुपर्ने कुरामा विज्ञहरुले जोड दिँदै आएका छन् ।
संक्रमित चिकित्सक पाटन अस्पतालको आइसोलेसनमा उपचार गराईरहनुभएको छ ।