थप एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

बारामा थप एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत ४९ वर्षीय प्रहरी निरीक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो । जेठ ७ गरिएको परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको छ ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका प्रहरी जवानको कन्ट्याक ट्रेसिङको आधारमा जेठ ७ गते गरिएको सो परीक्षणमा ४९ वर्षीय सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको छ ।

यससँगै बारामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।