एभरेस्ट क्लबद्वारा आविस्कार केन्द्रलाई आर्थिक सहयोग

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

एभरेष्ट यूनाईटेड क्लब मेलबर्न अस्ट्रेलियाले माहाबिर पुनबाट सञ्चालीत आविस्कार केन्द्र, किर्तिपुरलाई आर्थिक सहयोग गरेको छ ।

अभिभावक संघ, नेपालका केन्द्रिय अध्यक्ष समेत रहेका प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशब पुरी क्लबको तर्फबाट एकलाख बिस हजार रूपैयाँ आविस्कार केन्द्रलाई हस्तान्तरण गरे छन् । कल्बद्वारा उपलब्भ गराइएको सो रकम पिपिइ निमार्णमा खर्च गरिने भएको छ ।
उक्त रकम मेलबर्नका एनआरएन राजन मास्केको नेत्तृत्वमा पठाइएको हो ।

सामाजीक र मानविय कार्यमा समेत संलग्न यस क्लबले अस्ट्रेलियामा भएको आगजनि, क्यान्सर रोगको उपचार र खेलाडीहरूलाई परेको समस्यामा समेत सहयोग गर्दै आएको छ ।