मकैमा लागेको फौजी किराले किसान चिन्तित, औषधि वितरण गर्ने पालिकाको योजना

0
Shares

भूपराज बस्याल, स्याङ्जा ।

गल्याङ नगरपालिका भित्रका कृषकका मकैमा देखिएको फैजी किराले कृषकलाई चिन्तित बनाएको छ । गतवर्ष देखि देखा परेको सरुवा रोग यसबर्ष पनि अधिकांस कृषकको मकै खेतिमा देखापरेको छ ।

पुतलीको माध्यमबाट सजिलै सर्नसक्ने यो रोगको प्रकोप बढेसंगै यहाँका कृषक बिषादि छर्नमा ब्यस्त भएका छन् । यति धेरै दुख गरेर लगाएको खेतीनै किराले नष्टगर्न थालेपछि औसधि छर्न थालेको गल्याङ नगरपालिका तीनका माधव भण्डारीले नेपाल समाचारपत्रलाई बताउनुभयो । औसधिको अभाव हुँदा पुरै मकैमा छर्न नपाएको उहाँको गुनासो थियो । त्यसै तीन नम्बर वडाकै अर्का कृषक श्यामसुन्दर बस्यालले पनि यस्तै रोग फैलिदै गए खेती घर भित्र्याउन नपाउने भन्दै मकैमा औसधि छरेको बताउनुभयो । करिब आठ रोपनी जग्गामा भएको मकै खेतिमा सबैमा देखिएको हुँदा बाध्यभएर यस्तो गर्नुपरेको उहाँको भनाइ थियो । औसधि छर्केको दुई दिनसम्म पनि रोग निवारण नहुदा चिन्ता बढेको अर्का कृषक विष्णु बस्यालको भनाइ छ ।

उक्त किराले पहिलो चरणमा पात खाने र दोस्रो चरणमा गुभो खाएर मकै नष्ट पार्ने भएको हुँदा बेलैमा सजक हुन कृषकलाई गल्याङ नगरपालिका कृषि शाखाका प्रमुख शिब ढकालको सुझाव छ । एक मकैबाट अर्को मकैमा सजिलै सर्ने हुँदा सुरु हुन साथ यसको रोकथाम तिर लाग्न उहाँको सुझाव छ । किरा लाग्न साथ एक दुई बोटमा मात्रै भए हातले मिचेर निवारण गर्न सकिने र अलि बढी भए खरानी र बालुवा मिलाएर गुभामा छर्ने र त्यो भन्दा धेरै भए निम जन्य बिषादी प्रयोग गरेर निवारण गर्न सकिने छ अन्तिममा रासायनिक बिषादि प्रयोग गरेर भएपनि यसको निवारण गर्नुपर्ने ढकालको सुझाव छ ।

गतबर्ष गल्याङ नगरपालिकाको बेलचौर ,जिमुवा,टेक्रे लगायतका ठाउँमा करिब ३४,४० रोपनीमा देखा परि नियन्त्रण गरिएको र यस बर्ष पालिका धेरै ठाउँमा देखा परेको उहाँको भनाइ थियो । रातिमा सक्रिय हुने यो किरा सबै सिजनमा हुने मकैमा देखा पर्ने ढकालले जानकारी दिनुभयो । हाल लकडाउनको समय भएको हुँदा बजारमा प्राप्त औसधि नभएपनी दुई तीन भित्रमा सबै क्षेत्रमा फौजी किरा निवारणको लागि औसधि पुर्याउने लक्ष्य लिएको प्रमुख ढकालले जानकारी दिनुभयो ।