हेटौंडाकी महिलामा कोरोना पुष्टि

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरका थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ घर भएकी ५४ वर्षीया महिलालाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

उनको हेटौंडाबाट स्वाब संकलन नगरिएको जनाइएको छ । मानिसमात्र यहाँको तर जाँच काठमाडौंमा भएको हेटौंडा आइसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईले बताउनुभयो ।

हेटौंडा–३ की ती महिलाको स्थायी बसोबासमात्र हेटौंडा रहेको र उनको परीक्षण काठमाडौंमा नै भएको तथा उनको कर्मथलो पनि काठमाडौं रहेको जानकारी प्राप्त भएको छ । उनी र उनका परिवारमध्ये कोही हेटौंडा कहिले आए भनेर जनप्रतिनिधिको टोली तथ्य संकलनमा लागेको जानकारी प्राप्त भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका क्रममा जेठ २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरी प्रकाशन गरेको रिपोर्टअनुसार कोरोना संक्रमितमध्ये काठमाडांै सतुंगल निवासी ७ वर्षीय बालक पनि भएको जानकारी गराएको थियो ।

ती बालक उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–७, आग्राको रहेको ट्राभल हिस्ट्रीबाट जानकारी हुनआयो । बालक र उनकी आमा पालुङ–२ हुँदै तरकारी बोक्ने गाडीमा यात्रा गरी सतुंगल पुगेको र बालकको परीक्षणको क्रममा कोभिड–१९ देखापरेको पुष्टि भएको थियो ।