न्युज अफ नेपाल, काठमाडौँ ।
रोजगारीका लागि विदेश पुगेका २०७ जना नेपाली नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १९५ जना पुरुष रहेका छन् भने १२ जना महिला रहेका छन् । साउदीमा मृत्यु हुने नेपालीको संख्या ४९ पुगेको छ ।
यस्तै, युएइमा ४६, मलेसीयामा ४४, कतारमा ४१, कुवेतमा ११, बहराइनमा ३, सेसेल्स १, दक्षिण कोरिया ३, टर्की १, ओमान १, जार्डन १ र अन्य मुलुमा ६ जना गरी हालसम्म २०७ नेपालीको मृत्यु भइसकेको छ ।
यस्तै २०७ मध्ये १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।












प्रतिक्रिया