३३ किलो गाँजा र घरेलु हातहतियारसहित एक पक्राउ

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

लकडाउनलाई मौका मान्दै गाँजा ओसारपसारमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले मकवानपुरको मनहरी गापा वडा नम्बर–६ स्थित डिपाड सामुदायिक बनको गोरेटो बाटोमा गाँजा बरामद गरेको हो ।

मनहरी गापा वडा नम्बर–६ बस्ने वर्ष ४० का रामचन्द्र प्रजालगायतले प्लास्टिकको बोरा तथा झोला बोकेर आएकोमा प्रहरीलाई देखेर भाग्दा प्रजालाई पच्छ्याउँदै नियन्त्रणमा लिइएको हो । उनले बोकेको प्लास्टिकको बोरा र पछाडि भिर्ने झोला चेक गर्दा भरुवा बन्दुक १ थान, बन्चरो १ थान, खुकुरी १ थान र गाँजा ३३ किलो बरामद गरिएको थियो । प्रजालाई उक्त सामानसहित पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको छ ।