कोरोनाले नभइ अस्पतालको लापरवाहीले मृत्यु भएको आफन्तको आरोप

0
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

क्रीमसन अस्पतालमा कोरोना संक्रमणका कारण मृत्य भएको भनिएका ४१ बर्षिय शिक्षकका परिवारले अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै विज्ञप्ती जारी गरेका छन् ।

मृतकका श्रीमती, ३ छोरा र भाईले हस्ताक्षर गरेको विज्ञप्तिमा अस्पतालले शुरु देखि नै सुचना लुकाएको र कोरोना संक्रमणको पिसिआर रिपोर्ट अहिलेसम्म सार्वजनिक नगरेको आरोपसहितको विज्ञप्ती जारी गरेका छन् ।

विज्ञप्तीमा विहिवार विहान ६ः३० बजे मृत्यु भएको भन्दै अस्पतालले आफन्तलाई जानकारी गराएपनि नत रिपोर्ट दियो न शव नै हेर्न दियो । अस्पताल र प्रशासनको मिलेमतोमा शब समेत हेर्नै नदिई लगे भन्ने आरोप आफन्तद्धारा लगाईएको छ । विज्ञप्तीमा पिडामाथी पिडा थप्दै एकदिन अगाडिनै मिडियालाई मृत्यु भएको सूचना दिएको अस्पतालले आफन्तलाई एकदिन पछि मृत्यु भयो भनेर जानकारी दियो ।

तर अस्पतालले मृत्युको आधिकारीक विज्ञप्ती जारी नगरेर सामाजिक विकास मन्त्री सुदर्शन बराललाई अघि सारियो । यी सबै गतिबिधिले अस्पतालकै लापरवाहीका कारण मृत्यु भएको आशंकालाई पुष्टि गर्छ भन्दै विज्ञप्ती सार्वजनिक गरिएको छ ।

बिहीबार विहान क्रिमशन अस्पतालमा निधन भएका कोरोना संक्रमित पुरुषको दोस्रो पटक दिइएको स्वाब परीक्षणको रिपोर्ट पनि पोजेटिभ देखिएको छ । निधन हिजो भयो रिपोर्ट भने आज भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको रिपोर्ट स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालय पठाई सकेको बुझिएको छ ।

मृतकको शव भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको र मृतकको शव शुक्रवार दिउसो मात्र नेपाली सेनाको पहलमा व्यवस्थापन भएको छ ।