कोरोना संक्रमितको शव ३१ घण्टापछि नेपाली सेनाको टोलीले उठायो

0
Shares

न्युज अफ नेपाल, बुटवल ।

कोरोना संक्रमणका कारण मृत्यु भएका गुल्मी मदानेक एक पुरुषको शव ३१ घण्टापछि नेपाली सेनाको टोलीले उठाएको छ ।

रुपन्देहीको क्रिसन अस्पतालमा उपचाररत उनको बिहीबार मृत्यु भएको हो । नेपाली सेनाको प्राविधिक टोलीले मृतकको शव र्‍यापिङ गरी अस्पतालबाट अन्यत्र लगेको हो ।

कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उपचार नगरेको भन्दै मृतकका आफन्तले बिहीबार बिहान छानबिन हुनुपर्ने माग राखेका थिए । संघीय सरकारले बनाएको कोभिड–१९ शव व्यवस्थापन कार्यविधिमा संक्रमित मृतकलाई विद्युतीय शव दाह गृहमा जलाउनुपर्ने उल्लेख भए पनि रुपन्देहीमा विद्युतीय शव दाह गृह नभएकाले शवलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने प्रहरीले जनाएको छ ।