कोरोनाबाट मृत्यु भएका शिक्षकको उपचारमा संलग्न १० स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणका कारण मृत्यु भएका गुल्मीका शिक्षकको उपचारमा संलग्न अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको छ ।

शिक्षकमा कोरोना संक्रम पुष्टि भएपछि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिएको थियो । जसमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । ४१ वर्षै शिक्षकको बिहीबार रुपन्देहीस्थित क्रिमसन अस्पतालमा मृत्यु भएको हो ।