कोरोना संक्रमित चार जना उपचारपछि डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।कोरोनामुक्त भएपछि भक्तपुरका दुई र काठमाडौंका दुई जनालाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । लगातार दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेमा भक्तपुरका एक पुरुष , एक महिला, काठमाडौंकी एक महिला र अर्का संक्रमित पुरुष सशस्त्र प्रहरी हुन् ।यससँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ४९ पुगेको छ ।