तिलोत्तमा मिडिया क्लवद्वारा ४३ जना पत्रकारको कोरोना बिमा

0
Shares

यमलाल भुसाल, बुटवल ।

तिलोत्तमा मिडिया क्लब रुपन्देहीले तिलोत्तमा नगर क्षेत्रमा क्रियाशिल पत्रकारका लागि कोरोना बीमा गरेको छ ।

अजोड इन्सुरेन्स कम्पनीसँग क्लबमा आवद्ध ४३ जना पत्रकारहरुको कोरोना बीमा गरिएको क्लवका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिनु भयो ।क्लवले यसका लागि तिलोत्तमा नगरपालिकासँग सहकार्य गरी कोरोना बीमाको प्रक्रिया अघि बढाएको थियोे ।

कोरोना भाइरसको महामारीका बेला पत्रकारहरुले अग्रभागमा रहेर काम गर्ने र उनीहरुमा संक्रमणको जोखिम हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै कोरोना बीमा गरिएकोे उपाध्यक्ष बीपी गौतमले बताउनु भयो ।

बीमा गरेको १५ दिनपछि कुनै पत्रकारलाई कोरोना संक्रमण भेटिएमा बीमा कम्पनीले एक लाख दिने कम्पनीका भैरहवा शाखा प्रवन्धक प्रकाश शर्माले बताउनु भयो ।

कोरोना परीक्षणमा गर्दा पिसिआर माध्यमबाट गराएको रिपोर्टका आधारमा बीमा रकम दावी गरेको अवस्थामा इन्सुरेन्स कम्पनीले रकम भुक्तान गर्ने कम्पनीले जानकारी दिएको छ । “बीमाको अवधि एक वर्ष हुनेछ । बीमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा बीमा रकम प्राप्त गर्न सकिनेछ”–शर्माले बताउनु भयो ।

जोखिमपूर्ण पत्रकारिता गर्ने दौरानमा पत्रकारलाई अझ जिम्मेवार भएर अगाडि बढ्न हौसला थप्ने गरी बीमा गरिएको क्लवका सचिव टिआर शर्माले बताउनु भयो ।