देवदह नगरपालिकाद्वारा पत्रकारसहित २३१ जनाको कोरोना बिमा

0
Shares

यमलाल भुसाल, बुटवल।

रुपन्देहीको देवदह नगरपालिकाले नगरका जनप्रतिनिधि, कर्मचारी, पत्रकार, एम्वुलेन्स चालक र प्रहरी गरि २३१ जनाको कोरोना बिमा गराउने भएको छ ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमणको अवस्थामा कोरोना भाईरस संक्रमणको जोमिख मोलेर काम गर्न वाध्य हुने क्षेत्रलाई समेटि नगरपालिकाले कोरोना विमा गरिदिन लागेको नगर प्रमुख हिराबहादुर केसीले बताउनु भयो ।

देवदह नगरपालिकाले स्थानीय सम्पूर्ण जनप्रतिनिधि, देवदह क्षेत्रमा क्रियाशिल पत्रकार, नगरपालिकाका सम्पूर्ण कर्मचारी, देवदह प्रहरी चौकीमा कार्यरत प्रहरी र देवदह क्षेत्रमा संचालनमा रहेका एम्वुलेन्स चालकहरुको कोरोना विमा गराउन लागिएकोे नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताउनु भयोे ।

देवदह नगरपालिकाले नगरका ६५ जनाजनप्रतिनिधि, देवदह क्षेत्रमा क्रियाशिल ७ जना पत्रकार, नगरपालिकाका १२९ जना कर्मचारी, देवदह प्रहरी चौकीमा कार्यरत २३ जना प्रहरी र देवदह क्षेत्रमा संचालनमा रहेका ७ वटा एम्वुलेन्स चालकहरुको कोरोना विमा गराउने निर्णय भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले बताउनु भयोे ।

कोरोना विमामा जनप्रतिनिधि, पत्रकार, कर्मचारी, प्रहरी र एम्वुलेन्स चालकलाई कोरोना पोजेटिभ देखिए एक लाख पाउने गरी कोराना विमा गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत कंडेलले बताउनु भयोे । विभिन्न ईन्सुरेन्स कम्पनीवाट कोटेसन माग गरिएकोले प्राप्त कोटेसनको आधारमा छनौट हुने संग कोराना विमा गरिने पनि प्रमुख प्रशासकीय अधिकृत कंडेलले बताउनु भयोे ।