उत्तरी ध्रुव तिब्र गतिमा सर्दै


लन्डन (एजेन्सी)

पृथ्वीको चुम्बकिय उत्तरी ध्रुव अत्यन्त तिब्र तथा चिन्ताजनक गतिमा साइबेरिया नजिक सर्ने क्रम जारी छ । बेयात र डेनमार्कका अनुसन्धानकर्ताहरुको एक अध्ययनका आधारमा यो जानकारी दिइएको हो । उनीहरुले दक्षिणतिर भइरहेका गतिविधि तथा हलचलका आधारमा उक्त तथ्य पत्ता लगाएको हो ।

पृथ्वीको केन्द्र कोरमा चुम्बकिय बलका दुई क्षेत्रमा ब्यापक हलचल रहेको र त्यसकै कारण यो परिवर्तन देखिएको उनीहरुले बताए । शोधका अनुसार उत्तरी धु्रव सन् १९९९ देखि सन् २०१९ सम्ममा ९ देखि ३५ माइलसम्म आफनो स्थानबाट सरिसकेको छ ।
उत्तरी ध्रुवको खोज जेम्स क्लार्क रसले सबैभन्दा पहिला १८३१ मा कनाटाको नुनावुटमा वुथिया द्विपसमुहमा गरेका थिए ।

वैज्ञानिकहरुले त्यतिबेला देखि नै यसको पोजिसनको अध्ययन गरिरहेका थिए । युनिभर्सिटी अफ लिड्समा जियोफिजिक्सका सहायक प्रोफेसर फिल लिवरमोरका अनुसार यसतो पहिला कहिल्यै देखिएको थिएन ।

उनले लाइव साइन्सले भने – हाम्रो अनुमान ध्रुव साइबेरिया तर्फ सरिरहने छ तर भविष्यको अनुमान गर्नु एक चुनौती हो र हामी दावीका साथ भन्न सक्दैनौ ।

यस अध्ययनमा युरोपेली स्पेस एडमिनिस्ट्रेसनको स्वार्म स्याटलाइट मिसनबाट प्राप्त २० बर्षसम्मको स्याटलाइट डाटाको अध्ययन गरिएको थियो ।

बेलायती जियोलोजिकल सर्वेले मेल अनलाईनलाई दिएको जानकारीमा चुम्बकिय उत्तरी ध्रुव क्यानाडाको वरीपरी सन् १५९० देखि सन् १९९० को मध्यसम्म रहेको र पछिल्लो २० बर्षमा यो १० देखि ५० किलोमिटर सर्न थालेका उल्लेख छ । तर त्यसको विपरित दक्षिण ध्रुव विगत १ सय बर्षमा अत्यन्त कम मात्र आफनो स्थानबाट सरेको देखिएको छ ।