सुनकोशी नदीमा बेपत्ता भएका दुई युवाको शव फेला

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।

सुनकोशी नदीमा पौडी खेल्नेक्रममा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला परेको छ ।

गत जेठ ४ गते आईतवार पौडी खेल्नेक्रममा फिक्कल गाउपालिका –४ कुईभिर स्थित सुनकोशी नदीले बगाएर बेपत्ता भएका दुई युवकको शव बेपत्ता भएको दुई दिन पछि फेला परेको छ । सुर्खेत पन्चकोटी नगरपालिका ७ घर भएका १९ को दिनेश बुढा र सोही ठाउँका २० बर्षिया जनक बुढा क्षेत्रीको शव फेला परेको हो । १९ बर्षिया दिनेशको शव घटना स्थलबाट ५ किलोमिटर पुर्व फिक्कल गाउपालिका –५ नारिम खोलाको दोभानमा स्थानियले देखि प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । २० बर्षिया जनकको शव समयमा घटना स्थलबाट करिव ३ किलोमिटर पुर्ब फिक्कल गाउपालिका –५ पंचकन्या स्थित सुनकोशि नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।

सात जना प्रहरी टोली र स्थानियले खोजी कार्य गरेपछि बेपत्ता दुई युवकको शव फेला परेको हो ।