चीनद्वारा सिन्धुपाल्चोकका लागि १ करोड बढिको स्वास्थ्य सामाग्री प्रदान

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।

कोरोना भाईरसका कारण सिन्धुपाल्चोकले पहिलो मृत्यु ब्यहोरेपछि चीन सरकारले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सीमावर्ती जिल्लामा कोरोनाको त्रास बढिरहँदा चीनको न्यालम कन्ट्रीले मंगलबार नेपाली अधिकारीहरुलाई १ करोड ३ लाख बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

मंगलबार सीमावर्ती न्यालम जिल्लाका प्रशासकले मितेरी पुलमा आई सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो । नेपाल चीन सीमा मितेरी पुलमा नेपालका तर्फबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल लगायत सुरक्षा अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।

न्यालम जिल्लाबाट सहयोगस्वरुप प्राप्त सामाग्रीमा १ लाख ३० हजार थान सर्जिकल मास्क, ११ सय थान पीपीई सेट,१५ सय थान एन नाईटीफाइभ मास्क, १५ सय आरडीटी किटस् र १ सय ८ थान ईन्फ्रारेड थर्मोमिटर रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउँनुभयो ।

स्वास्थ्य सामाग्री ग्रहण तथा हस्तान्तरणमा सामाजिक दुरी कायम गर्दै मितेरी पूलमा दुवै तर्फका प्रशासकले पालैपालो हस्ताक्षर गर्नुभएको थियो।