कोरोना संक्रमित बालबालिकाको पछिल्लो तथ्यांकप्रति सिविनको चिन्ता

0
Shares

न्यूज अफ नेपाल, काठमाडौं ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीका कारण हामी लामो बन्दाबन्दीबाट सिर्जित कठिनाईहरूको सामना गरिरहेका छौं । दिनहुँ संक्रमितहरूको संख्यामा वृद्धि भैरहेको छ । यसक्रममा जेठ १ गते एकजना सुत्केरी महिलाको तथा जेठ ४ गते एक जना युवकको कोरोना कै कारण दुःखद निधन भएबाट हामी अझ गम्भीर भएकाछौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचनालाई उद्धृत गर्दै राष्ट्रिय बालअधिकार परिषद्बाट प्राप्त जानकारी अनुसार ४ जेष्ठ २०७७ विहानसम्ममा मुलुकभरी ३९ जना बालबालिका कोरोना संक्रमित भएको पुष्टि भएको छ । जसमध्ये २८ बालक र ११ जना बालिकाहरू रहेका छन् र उनीहरू आइसोलसनमा रहेर उपचार गराइ रहेका छन् । कैयौं बालबालिका आफ्ना परिवारसँगै क्वारेन्टिनमा बसिरहेका छन् । सीमाक्षेत्रमा रोकिएका परिवारका बालबालिकाको अवस्था पनि चुनौतीपूर्ण बनिरहेको छ ।

यस परिस्थितिमा संक्रमित बालबालिकाको संख्या बढ्ने क्रममा रहेको छ भने कोरोना महामारी र यसकै कारण सरकारले घोषणा गरके बन्दाबन्दीको गलत फाईदा उठाउँदै समाजका केहि अपराधिक मानसिकता बोकेका व्यक्तिहरूबाट भैरहेका वा हुन सक्ने बालबालिका विरुद्धका अपराधजन्य कार्यबाट उनीहरूको संरक्षण गर्नु झनै ठूलो चुनौतीको रूपमा देखापरेको छ । हाम्रो अगाडि रहेको कोरोना संव्रmमित बालबालिकाको पछिल्लो तथ्यांक र विकसित अवस्था प्रति बालअधिकारको क्षेत्रको अग्रणी संस्था सिविन-नेपाल चिन्तित भएको छ ।

यहि बन्दाबन्दीकै बीच रोल्पामा बेवारिसे बम पड्कँदा ४ जना निर्दोष बालबालिकाको अकालमा ज्यान गएको समाचार आउनु हामी सबैका लागि अर्को पीडादायी खबर बन्न पुग्यो । यस बन्दाबन्दीको अवधि (चैत्र २४, २०७६ देखि २०७७ जेठ ४ गतेसम्म) मा सिविनद्वारा सञ्चालित बाल हेल्पलाइनहरुबाट समस्या र जोखिममा परेका ४ सय १२ जना बालबालिकाले आपत्कालिन सेवा प्राप्त गरेका छन् ।

यिनीहरुमध्ये १६ जना बालिकाहरु यौन दुव्र्यवहार तथा शोषणमा परेका, ३८ जना बालबालिकामाथि हिंसा भएको र २० जनाको बालविवाह भएको पाइएकोछ । प्रहरीको सूचना अनुसार यस अवधिमा दर्ता भएका बलात्कारका घटनाहरूमा ७५ प्रतिशत १८ वर्ष मुनिका बालिकाहरू रहेको तथ्यले बन्दाबन्दीको अहिलेसम्मको अवधिमा समाजमा बालिका तथा किशोरीहरू थप जोखिममा परिरहेको प्रष्ट भएको छ ।

बालबालिका वरिपरीको पारिवारिक तथा सामाजिक भयको वातावरणको प्रभाव उनीहरूको मानसिक स्वास्थ्यमा समेत परिरहेको र उनीहरूमा बेचैनी बढिरहेको तथ्य बाल हेल्पलाइनहरुमा बालबालिकाबाट आउने फोनहरूबाट नै अनुमान लगाउन सकिन्छ । यस अवधिमा सिविन-नेपालद्वारा देशका विभिन्न भागमा सञ्चालित बाल हेल्पलाइनहरू १०९८ मा दैनिक करिब ४ सय भन्दा बढी फोनहरू आइरहकाछन् र यसमध्ये उल्लेख्य संख्यामा बालबालिकाले फोन गर्ने गरेका छन् ।

यस विपद्को घडिमा बालबालिकालाई कोरोना संव्रmमणबाट जोगाउनु हाम्रो पहिलो प्राथमिकता हो । यसर्थ यस समयमा बालबालिका विरुद्ध हुनसक्ने घरेलु, लैङ्गिक तथा यौन हिंसा, दुव्र्यवहारका साथै शारीरिक तथा मानसिक स्वास्थ्यबाट बालबालिकालाई जोगाउनका लागि देशमा विद्यमान बालसंरक्षणसम्बन्धी संरचनाहरु थप चलायमान हुनुपर्दछ । यस समयमा अभिभावक तथा समुदायलाई बालबालिकाको संरक्षण र सुरक्षाका लागि सचेत र जागरूक बनाइनु पर्दछ ।

यस कार्यका लागि नागरिक संघसंगठनहरू र नेपाल सरकार विशेषगरी स्थानीय सरकारहरूको समन्वयात्मक भूमिका अपरिहार्य भएको छ । यस अवस्थालाई मध्यनजर गरी नेपाल सरकारसँगको साझेदारीमा देशका ६ प्रमुख शहरहरू व्रmमशः धनगढी, नेपालगञ्ज, पोखरा, हेटौंडा, काठमाडौं र विराटनगरमा सिविनद्वारा सञ्चालित बाल हेल्पलाइन १०९८ मार्फत लकडाउनको अवस्थामा पनि कोरोना संव्रmमणबाट बालबालिकालाई जोगाउनुका साथै उनीहरुमा पर्न सक्ने मनोसामाजिक समस्यालाई सम्बोधन गर्न र यस समयमा बालबालिका विरुद्ध हुन सक्ने घटना एवं कुनै पनि जोखिमबाट बचाउन बालबालिकाको आपत्कालिन उद्धार, राहत, संरक्षण तथा कानूनी सहयोग जस्ता सेवाहरुमा सिविन निरन्तर क्रियाशील रहँदै आएकोछ ।

संकटको यस घडिमा सिविन नेपाल सरकार लगायत सम्पूर्ण सरोकारवालाहरूलाई बाल संरक्षणका विषयमा थप जागरुक बन्न र एकसाथ अगाडि बढ्न आह्वन गर्दछौं । बन्दाबन्दी कै बीच नेपालका तीनै तहका सरकारहरु आ.व. २०७७/०७८ को नीति तथा कार्यवmम तय गर्दै बजेट निर्माणमा जुिटरहेका छन् । हामी सबै तहका सरकारहरूलाई बाल हेल्पलाइन १०९८ जस्ता बालसंरक्षणका दिगो तथा राष्ट्रिय संरचनाहरुलाई सशक्त बनाउनेगरी बजेट विनियोजन गर्न र बालबालिका माथि पर्न सक्ने कोभिड १९ को प्रभाव तथा क्षति कम गराउने तर्फ केन्द्रित गरी बालअधिकार नीति तथा कार्यक्रम तर्जुमा तथा कार्यान्वयनका लागि पर्याप्त बजेट विनियोजन सुनिश्चित गर्न आग्रह गर्दछौं ।

सिविन-नेपालका प्रवक्ता कुमार भट्टराईले जारी गरेको विज्ञप्ति भनिएकोछ— घरघरमा रहेका र घरभित्र बस्न नपाएका हाम्रा सबै बालबालिकाको संरक्षण, सुरक्षाका साथै कोभिड १९ पछिको उनीहरूको सुरक्षित जीवन र उज्यालो भविष्यका लागि राज्य तथा सरोकारवालाहरूलाई अझ गम्भीरताका साथ लाग्न हार्दिक अपिल गर्दछौं ।