एम्बुलेन्स चलाएर बिरामी अस्पताल पुर्‍याउदै वडाअध्यक्ष खड्का

0
Shares

विमल विष्ट, डोटी । 

एउटा वडा अध्यक्षको काम विकास निर्माण र आफ्ना जनताको लागि वडाको क्षेत्राधिकारभित्र पर्ने सेवा दिनु मुख्य जिम्मेवारी हो । तर दिपायल सिलगढी नगरपालिका–२ का वडाअध्यक्ष राजेन्द्र खड्का भने आफै एम्बुलेन्स चालक बनेर समेत जनताको सेवामा लाग्नु भएको छ ।

वडाअध्यक्ष खड्काले सोमबार आफैले एम्बुलेन्स चलाएर खुल्लेक गाउँबाट विरामी लिएर दिपायल स्थित शैलेश्वरी अस्पताल पुग्नु भएको छ । खुल्लककी ६५ वर्षीया राजकुमारी गाउँमा उपचार नपाएर छटपटाएपछि उहाँको उपचारको लागि वडाअध्यक्ष खड्का आफैले एम्बुलेन्स चलाएर ल्याउनु भएको हो । अस्पतालमा उपचार गर्न लैजाने गाडी नपाउदा घरैमा बिरामले छटपटाउन थालेको खबर पाएपछि चालक नहुँदा आफैले एम्बुलेन्स चलाएर बिरामी अस्पताल ल्याएको वडाअध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाडी नपाएर बिरामी आमाको बिचल्ली भएको रहेछ, चालक नहुँदा मैले आफै एम्बुलेन्स लगेर लिएर अस्पताल पु¥याए उहाँले उपचार पाउनुभयो ।” शैलेश्वरी अस्पतालका चालक घर बिदामा भएको कारण एम्बुलेन्स गाउँ लैजान सक्ने अवस्था नभएपछि वडाअध्यक्ष खड्काले आफै एम्बुलेन्स लगेर बिरामीको उद्दार गर्नु भएको हो । वडाअध्यक्ष खड्का एम्बुलेन्स चलाउन सक्ने र लाइन्सेन्स प्राप्त भएकाले आट गरेर विरामी लिएर आएको शैलेश्वरी अस्पतालका निर्देशक आइजंग कुँवरले बताउनुभयो ।

कोरोना संक्रमणको जोखिम कम गर्न राज्यले आव्हान गरेको लकडाउनका मारमा रहेको अवस्था वडाका सर्वसाधारणलाई छिटो र सहज उपचारका लागि आफैले लादा केही नहुने सोचेर सेवाका भावले एम्बुलेन्स चालक बनेर सेवा गरेको वडाअध्यक्ष खड्काले बताउनुभयो उहाँले भन्नुभयो, “जनताका लागि सकेको सहयोग गर्ने प्रणका साथ मत मागेर चुनाव जितेको हो, जनताको मतको कदर गर्दै सकेको सहयोग गर्नु मेरो दायित्व ठानेर अध्यक्ष भए पनि एम्बुलेन्स चलाएर विरामी लिएर आएको हुँ ।”